बाल्टिमोर पुल भत्किएसँगै विश्वव्यापी आपूर्ति श्रृङ्खलामै असर पर्ने सम्भावना

नेपालभ्युज

बाल्टिमोर पुल भत्किएसँगै विश्वव्यापी आपूर्ति श्रृङ्खलामै असर पर्ने सम्भावना

काठमाडौं। अमेरिकाको प्रान्त मेरिल्याण्डस्थित बाल्टिमोर सहरमा भएको फ्रान्सिस स्कट कि ब्रिज भत्कियो। मंगलबार बिहान डाली नामक एक पानी जहाजले ठक्कर दिँदा सो पुल (Baltimore Bridge) भत्कियो।

बाल्टिमोरको बन्दरगाहलाई अमेरिकाबाट गाडी निर्यात गर्ने सबैभन्दा व्यस्त बन्दरगाहका रुपमा लिइन्छ। विश्वको नै नवौँ व्यस्त बन्दरगाहको रुपमा यसलाई लिइन्छ। सोही बन्दरगाहको मुखमा यो पुल अवस्थित थियो।

मंगलबारको घटनापछि हराएका ६ जना मानिस मरेको अनुमान गरिएको छ। अमेरिकी कोस्ट गार्डका अनुसार उनीहरुको खोजी रोकेर रिकभरी मिसन सुरु गरिसकेको छ।

के गलत भएको थियो भनेर अनुसन्धान सुरु भएको छ। सुरक्षा विज्ञसँग कुरा गरेर जहाजबाट प्राप्त गर्न सकिने तथ्याङ्कको पनि खोजी कार्य सुरु भइसकेको छ।

बाल्टिमोर फ्रान्सिस स्कट पुल घटना : पानीमा फसेका २ जनाको उद्धार

यससँगै यस बन्दरगाहबाट हुने समुद्रीक यातायात प्रभावित भएको छ। अर्को सुचना नआएसम्मका लागि सो बन्दरगाहलाई बन्द गरिएको छ। यसले विश्वव्यापी आपूर्ति श्रृङ्ख्लामा नै असर गर्ने अनुमान गरिएको छ ।

निर्यात र अन्तर्राष्ट्रिय व्यापार संस्थानका महा निर्देशक मार्को फोजियोनले बीबीसीसँग भनेका छन्, ‘गत वर्ष मात्रै बाल्टिमोरबाट ७ लाख ५० हजार कार तथा सवारी साधन निर्यात गरिएको थियो, जसमध्ये कति अमेरिका, बेलायत र यूरोपेली संघका ब्राण्ड छन्। जसमा जेनेरल मोटर्स र फर्ड देखि ज्याग्वार ल्याण्ड रोभर, निसान, फियाट र अडी रहेका छन्।’

साथै बाल्टिमोर लिक्विफाइड न्याचुरल ग्याँस एलएनजीको पनि प्रमुख निर्यातकर्ता रहेको छ। ‘हरेक महिना करिब ५ लाख टन एलएनजी बाल्टिमोरबाट निर्यात हुँदै आएको छ। यससँगै बाल्टिमोर पुनः संचालन नहुँदा यसले धेरै क्षेत्रमा असर पार्ने बुझिन्छ,’ फोजियोनले बताए।

बाल्टिमोर बन्दरगाहले प्रत्यक्ष रुपमा करिब १५,००० मानिस तथा अप्रत्यक्ष रुपमा १ लाख ४० हजारलाई रोजगारी प्रदान गर्दै आएको छ।

अमेरिकी यातायात सचिव पीट बुटिगीगले पनि विश्वव्यापी आपूर्ति श्रृङ्ख्लामा असर पुग्ने बताएका छन्। बन्दरगाह खुल्न कति समय लाग्ने भनेर तत्काल अनुमान गर्न नसकिने बुटिगीगले बताए।

पुल भत्किँदा केही गाडी  पानीमा खसेका थिए।  २ जनालाई जीवितै निकालिएको थियो । पुलको मर्मत गर्दै गरेका ६ जना भने हराइरहेका छन्।

सिंगापुरको समुद्रीक र बन्दरगाह प्राधिकरणले घटना भएको समयमा पानी जहाज डाली संचरनात्मक अखण्डता र यसको उपकरणको कार्यक्षमता मान्य भएको पुष्टि गरेको छ। साथै डालीले २ फरक विदेशी बन्दरगाह पनि पार गरेको जानकारी गराएको छ।

घटनाको क्रममा पानी जहाजमा २२ मानिस भएको डालीको व्यवस्थापन गर्दै आएको सिनर्जी मराइन ग्रुपले जनाएको छ। जहाजमा सबै भारतीय चालक दल र २ अमेरिकी हार्बर रहेको तर, कसैलाई पनि चोट नलागेको सिनर्जी मराइन ग्रुपले बताएको छ।

(बीबीसीकी क्रिस्टी कुनीको रिपोर्टमा आधारित )


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved