बाल्टिमोर फ्रान्सिस स्कट पुल घटना : पानीमा फसेका २ जनाको उद्धार

नेपालभ्युज

बाल्टिमोर फ्रान्सिस स्कट पुल घटना : पानीमा फसेका २ जनाको उद्धार

काठमाडौं। फ्रान्सिस स्कट पुल भत्किँदा पानीमा फसेका २ मानिसको उद्धार गरिएको छ।

अमेरिकाको बाल्टिमोर (Baltimore Bridge Collapse) सहरस्थित फ्रान्सिस स्कट पुल भत्किँदा २० जनासहित केही सवारी साधन पाटाप्पस्को नदीमा खसेको थियो । बाल्टिमोर सिटी फायर डिपार्टमेन्ट प्रमुख जेम्स वालेसले २ जनालाई उद्धार गरिएको जानकारी दिए ।

जसमध्ये एक व्यक्तिलाई कुनै चोट लागेको छैन भने अर्का व्यक्तिको अवस्था भने गम्भीर छ। उनलाई स्थानीय ट्रमा सेन्टर लगिएको प्रमुख वालेसले बताए।

अमेरिकाको बाल्टिमोरमा पुल भत्कियो

पुलिसले सोनारको सहायताबाट डुबेका सवारी साधनको ठाँउ पत्ता लगाइसकेको पुलिसले जनाएको छ।

घटनास्थलमा डिजलको गन्ध आइरहेको छ। सूर्यको प्रकाशसँगै तैरिएको तेल देखिने सम्भावना भएको फायर डिपार्टमेन्ट प्रमुख वालेसले बताए। सरकारले उद्धार कार्यलाई तीव्रता दिएको छ।

ठूलो कन्टेनर जहाज पुलको खम्बामा ठोक्किँदा पुल भत्किएको बीबीसीले जनाएको छ । घटना स्थानीय समयअनुसार बिहान १:३० बजेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved