नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ सँग खेल्दै, वर्षाले खेल प्रभावित हुन सक्ने

नेपालभ्युज

नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ सँग खेल्दै, वर्षाले खेल प्रभावित हुन सक्ने

काठमाडौं । पहिलो टी–२० अभ्यास खेलमा नेपाल ‘ए’ले आज आयरल्यान्ड ‘ए’ (Ireland)सँग खेल्ने भएको छ । खेल दिउँसो १ बजे त्रिबि क्रिकेट मैदानमा हुनेछ ।

काठमाडौंमा गएरातिदेखि नै वर्षा जारी रहेका कारण दिउँसोको खेल प्रभावित हुन सक्ने देखिएको छ ।

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच समान तीन टी–२० (T-20)र एक दिवसीय सिरिज हुनेछ । नेपालको कप्तानी विनोद भण्डारी (Binod Bhandari)ले गर्दैछन् । आयरल्यान्ड ‘ए’ नेपालको सिनियर टोलीसँगका दुवै खेलमा पराजित भएको छ ।

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको दोस्रो टी–२० खेल शुक्रबार खेलिने छ । तेस्रो टी–२० खेल भने आइतबार खेलिने छ ।

नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका लागि यो श्रृंखला खेल्न लागेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved