पाटे घिरौंलाका छन् धेरै फाइदा

नेपालभ्युज

पाटे घिरौंलाका छन् धेरै फाइदा

एजेन्सी । गर्मी मौसममा पाटे घिरौंला सेवन गर्नु स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यसमा पाइने पोषक तत्वले कयौं रोगसँग लड्न सहयोग गर्छ ।

पाटे घिरौंलाबाट पाइने लाभ बारे विस्तारमा जानौं–

  • पाटे घिरौंलामा भिटामिन सी, फाइबर, प्रोटिन, सोडियम र भिटामिन बी ६ जस्ता धेरै पोषक तत्व पाइन्छन्, जसले शरीरलाई स्वस्थ राख्छन् ।
  • पाटे घिरौंलामा भिटामिन सी र एन्टीअक्सीडेन्ट्स जस्ता पोषक तत्व पाइन्छन् जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछन् । यो खाँदा तपाईं छिटो-छिटो बिरामी हुनबाट जोगिनुहुनेछ ।
  • पाटे घिरौंलाको तरकारीले तौल कम गर्न पनि सहयोग गर्छ । यसमा फाइबर हुन्छ जसले पेट भरिएको महसुस गराउँछ । त्यसैले यसलाई आफ्नो खानपानमा अवश्य समावेश गराउनुहोस् ।
  • पेटका लागि पनि पाटे घिरौंला एकदमै फाइदाजनक मानिन्छ । यो पचाउन सजिलो हुनुका साथै ग्यास, अपच तथा कब्जियतको समस्या पनि हुन दिँदैन ।
  • यसमा आइरन पनि हुने भएकाले एनीमियाको समस्यामा पनि यसले काम गर्छ । यो बच्चाको जाउलोमा पनि मिसाएर खुवाउँदा एकदमै फाइदा हुन्छ ।
  • मधुमेहका रोगीले खानैपर्ने तरकारीमा पाटे घिरौंला पनि पर्छ । यसले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्न सहयोग गर्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved