घरमा दैनिक एउटा कपुर जलाउँदा हुन्छ धेरै फाइदा

नेपालभ्युज

घरमा दैनिक एउटा कपुर जलाउँदा हुन्छ धेरै फाइदा

एजेन्सी । कपुरलाई धेरैजसो पूजा तथा कपडाहरुमा सुगन्धका लागि प्रयोग गरिन्छ । तर यसलाई जलाउँदा पनि धेरै फाइदाहरु हुन्छन् । आउनुहोस् स्वास्थ्य विशेषज्ञबाट दैनिक एउटा कपूर जलाउँदा हुने स्वास्थ्य लाभका बारेमा जानौं ।

कपूरमा एन्टीअक्सीडेन्ट, एन्टीफंगल, एन्टीइन्फ्लामेटरी र एन्टीब्याक्टेरियल गुण पायन्छन्, यस्तोमा यसलाई जलाउँदा स्वास्थ्यमा धेरै फाइदाहरु हुन्छन् ।

घरमा दैनिक एउटा कपूर जलाएर तनावलाई कम गर्न सकिन्छ । कपूरको सुगन्धले अरोमाथेरेपी (सुगन्धबाट गरिने थेरापी) ले जसरी काम गर्छ । जसले गर्दा दिमाग रिल्याक्स हुन्छ ।

घरमा दैनिक एउटा कपूर जलाउँदा घरको हावा सफा हुन्छ र हावामा भएका ब्याक्टेरियाहरु नष्ट हुन्छन् ।

दैनिक एउटा कपूर जलाउँदा र यसको सुगन्ध लिँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ जसले गर्दा भाइरसहरुबाट शरीरलाई जोगाउन सकिन्छ । त्यस्तै यसले स्वासनलीमा भएका खराब ब्याक्टेरियाहरुलाई नष्ट गर्ने काम गर्छ ।

घरमा साँझमा एउटा कपूर जलाउँदा दिमाग र मन शान्त हुन्छ जसले गर्दा गहिरो निद्रा लाग्दछ ।

त्यस्तै गर्मी लागेसँगै लामखुट्टे पनि आउन थाल्छन्, कपूरको वासनाले लामखुट्टे तथा झिँगाहरु पनि आउँदैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved