राष्ट्रिय सभाको बैठक एक दिनपछि सर्यो

नेपालभ्युज

राष्ट्रिय सभाको बैठक एक दिनपछि सर्यो

काठमाडौं । राष्ट्रिय सभाको बैठक एक दिनपछि सरेको छ । बिहीबार दिउँसो १:१५ बजे बस्ने गरी बोलाइएको बैठक विशेष कारण देखाउँदै शुक्रबार सोही समयमा बस्ने गरी सारिएको हो ।

राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालद्वारा जारी सूचनामा भनिएको छ, ‘मिति २०८० साल चैत १५ गते बिहीबार अपराह्न १:१५ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल चैत १६ गते शुक्रबार अपराह्न १:१५ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’

राष्ट्रिय सभाको अघिल्लो बैठक गत चैत ७ गते बुधबार बसेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved