सुनको सिक्री नपाएपछि बिहे रद्द गर्ने बेहुलासहित ५ जना धरौटीमा रिहा

नेपालभ्युज

सुनको सिक्री नपाएपछि बिहे रद्द गर्ने बेहुलासहित ५ जना धरौटीमा रिहा

काठमाडौं । दाइजोमा सुनको सिक्री नपाएको भन्दै बिहे रद्द गरेको आरोपमा पक्राउ परेका बेहुलासहित ५ जना धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत पर्साका न्यायाधीश दीपक खनालको  एकल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

आदेशसँगै बेहुला उमेश साहसहित उनका बुवा बच्चालाल साह गोढ, बेहुलाका दाइहरू राकेश कुमार साह, मुकेश कुमार साह र बेहुलाको भिनाजु बारा परवानीपुर गाउँपालिका-५ बस्ने रामएकवाल साह धरौटीमा रिहा भएका छन् ।

उमेश वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन् ।

गत फागुन २८ गते राति जन्ती लिएर वीरगञ्ज महानगरपालिका-२४ मा पुगेका बेहुला उमेशसहित पाँचै जनाले सुनको सिक्री नपाएको भन्दै बेहुला पक्षले विवाद निकालेपछि बेहुली पक्षकाहरूसँग विवाद भएको थियो।

राति नै उनीहरुले बिहे रोकेर जन्ती फिर्ता लगेका थिए ।

साहले दाइजोमा नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक एक थान सुनको औँठी र हनुमानको माला भने पाइसकेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved