रविको नैतिकतामाथि प्रश्न उठाएपछि रमेश खरेलसँग माग्यो रास्वपाले स्पष्टीकरण, के दिए जवाफ ?

नेपालभ्युज

रविको नैतिकतामाथि प्रश्न उठाएपछि रमेश खरेलसँग माग्यो रास्वपाले स्पष्टीकरण, के दिए जवाफ ?

काठमाडौं । अघिल्लो वर्ष ठिक यतिबेला अहिलेका गृहमन्त्री रवि लामिछाने र पूर्व डिआइजी रमेश खरेलको ‘दुईज्यान एकमन’ थियो । एक अर्काको प्रशंसामा यी दुईले व्यक्त गरेका शब्दलाई एकैठाउँमा राख्ने हो भने एउटा पुस्तकको ठेली नै बन्छ ।

एक अर्काको प्रशंसा गरेर नथाक्ने रवि र खरेलले एक अर्कालाई गृहमन्त्री र भावी प्रधानमन्त्री समेत भन्न भ्याएका थिए । त्यो समय थियो, जतिबेला रास्वपामा अन्य थुप्रै नेताहरु हुँदाहुँदै पनि रविले रमेश खरेललाई बाराबाट चुनाव लड्नेगरी टिकट दिए ।

अघिल्लो साल वैशाखमा भएको उपनिर्वाचनमा रवि चितवनबाट र खरेल बाराबाट चुनाव लडेका थिए । डा.स्वर्णिम वाग्ले तनहुँबाट उम्मेदवार थिए ।

उपनिर्वाचनमा लडेका दुईजना रास्वपाका नेता रवि र डा.वाग्लेले सानदार जित हात पार्दै गर्दा र खरेलले लज्जाजनक हार बेहोरे । चुनाव हारे पनि खरेललाई आशा थियो, कुनै सम्मानजनक पद पाउँछु भन्ने ।

रमेश खरेललाई साेधिएको प्रष्टिकरण पत्र

सम्मानजनक पद नपाएपछि खरेल बिच्किए । एन्टि करप्सन नेटवर्क (एसिएन) र स्पेस फोर के टेलिभिजनको सहकार्यमा सञ्चालित टेलिभिजन कार्यक्रम जनता जनार्दनमा प्रस्तोता भए । पार्टीबाट अनौपचारिक रुपमा अलग भए । टेलिभिजन कार्यक्रमको एक एपिसोडमा उनले रविको नैतिकतामाथि प्रश्न उठाए ।

कार्यक्रम प्रस्तुति गर्ने क्रममा उनले ‘आफैँमाथि उजुरी परेको अवस्थामा गृहमन्त्री बन्नु उचित’ नभएको भन्दै कडा व्यङ्ग्य कसे । त्यसपछि खरेललाई रास्वपाको केन्द्रीय अनुशासन आयोगले स्पष्टीकरण सोधेको छ ।

आयोगले पार्टीको जानकारीविना पार्टीसँग सम्बन्धित विषयमा विभिन्न सञ्चार माध्यमहरूमा अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेको हो ।

“राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरिसकेको भनेर दिएको अभिव्यक्ति प्रति यस आयोगको ध्यानाकर्षण भएको छ”, आयोग प्रमुख डा. भरतमणि देवकोटाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “पार्टी परित्याग गरेको हो, होइन ? सत्यतथ्य ब्यहोरासहित तीन दिनभित्र लिखित रूपमा स्पष्ट पारिदिनुहुन अनुरोध छ ।”

पार्टीले साधेको प्रस्टीकरणको जवाफ खरेलले बुधबार पठाएका छन् । उनले भने आफूले ‘अब पार्टी औपचारिक रूपमै त्यागिसकेको’ बताएका छन् ।

 

रमेश खरेलले बुझाएको राजिनामा पत्र

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved