हिरासतबाट छुटे ‘बिग बोस’ विजेता मुनव्वर

नेपालभ्युज

हिरासतबाट छुटे ‘बिग बोस’ विजेता मुनव्वर

काठमाडौं । हुक्का पार्लरबाट पक्राउ परेका भारतीय कमेडियन तथा टेलिभिजन शो ‘बिग बोस १७’का विजेता मुनव्वर फारुकी छुटेका छन् ।

मुम्बईको हुक्का पार्लरमा छापा मारेर फारुकीसहित १३ जनालाई प्रकाउ गरेको थियो ।

प्रहरीले नोटिस दिएर फारुकीलाई बुधबार हिरासतबाट छोडेको आजतकले जनाएको छ । उनीहरुविरुद्ध मुद्दा भने दर्ता भैसकेको छ ।

फोर्ट क्षेत्रको होटल हुक्का पार्लरमा भएको छापा मारमा संलग्न एक अधिकारीले उक्त हुक्का पार्लरमा सुर्तीजन्य पदार्थ सेवन भइरहेको जानकारी प्रहरीलाई प्राप्त भएको बताएका थिए ।

त्यसपछि प्रहरीले छापा मारेर १३ जनालाई नियन्त्रणमा लिएको थियो । ती व्यक्तिमा मुनवर फारुकी पनि एक हुन् ।

अवैध रुपमा चल्ने यो हुक्का पार्लरमा प्रहरीले छापा मारेर ४ हजार ४ सय नगद भारु र १३ हजार ५ सय बराबरको ९ थान हुक्का बरामद गरेको छ।

चुरोट र अन्य तंबाकू उत्पादन ऐनको धारा अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

#MunawarFaruqui

#BigBoss

#IndianRealityShow

#HookahBar

#Mumbai


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved