उपनिर्वाचनमा एकीकृत समाजवादीले पनि छुट्टै उम्मेदवारी दिने

नेपालभ्युज

उपनिर्वाचनमा एकीकृत समाजवादीले पनि छुट्टै उम्मेदवारी दिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आगामी बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वाचनमा आफै उम्मेदवार उठाउने भएको छ ।

एकीकृत समाजवादीले प्रतिनिधिसभातर्फ इलाम २ मा जीतबहादुर राई र प्रदेशसभा सदस्यतर्फ बझाङ (१)मा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने भएको हो ।

सत्तागठबन्धन दलहरु समेत आआफ्नै उम्मेदवार लिएर चुनावी मैदानमा उत्रिएपछि एकीकृत समाजवादी पनि आफ्नै उम्मेदवार उठाउने निष्कर्षमा पुगेको हो ।

एकीकृत समाजवादीले यसअघि नै सम्बन्धित पार्टी कमिटीलाई उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved