ढोलाहिटी होली घटना: ज्यान मुद्दामा अनुसन्धान भइरहेका चार आरोपी सार्वजनिक, एकजना अझै फरार

नेपालभ्युज

ढोलाहिटी होली घटना: ज्यान मुद्दामा अनुसन्धान भइरहेका चार आरोपी सार्वजनिक, एकजना अझै फरार

काठमाडौं । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा फागूपुर्णिमाको राति भएको घटनामा संलग्न भएका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

युवाबीच चक्कुहानाहान हुँदा २ जनाको हत्या भएको घटनामा संलग्न मूख्य चार जनालाई ललितपुर प्रहरीले सार्वजनिक भएको हो ।

खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका–२ का विजय राई र सोही ठाउँका सुलभ राई, भोजपुर ट्याम्केमयुङ–२ का विशाल हाङ मुकारुङ र काठमाडौं गोकर्णेश्वरका छेङविहाङ राईलाई सार्वजनिक गरिएको हो ।

घटनाका चार आरोपी

घटनामा वारदात पाजु गुरुङ भन्ने व्यक्ति फरार रहेका छन् ।  उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए ।

फागु पूर्णिमाको रात, जहाँ खेलियो ‘रगतको होली’ !

आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान हुँदा २ जनाको हत्या भएको थियो ।

प्रहरी परिसर प्रमुख, एसएसपी शेखर खनाल

प्रहरीका अनुसार पक्राउ परेका विजय राई यसअघि लागुऔषध मुद्दामा दोषी ठहर भई २ वर्ष जेल बसेका व्यक्ति हुन् । घटनाको अनुसन्धानका लागि थप अरुकेही व्यक्ति पनि प्रहरी नियन्त्रणमा छन् ।

ढोलाहिटी होली घटना: लागुऔषध मुद्दामा २ वर्ष जेल सजाय भोगेका व्यक्तिले हानेका थिए चक्कु

फागु खेल्ने क्रममा भएको विवादले उग्र रुप लिँदा ललितपुरमा २ युवाको हत्या

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved