ढोलाहिटी होली घटना : लागुऔषध मुद्दामा २ वर्ष जेल सजाय भोगेका व्यक्तिले हानेका थिए चक्कु

नेपालभ्युज

ढोलाहिटी होली घटना : लागुऔषध मुद्दामा २ वर्ष जेल सजाय भोगेका व्यक्तिले हानेका थिए चक्कु

काठमाडौं । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा फागूपूर्णिमाको राति भएको हत्या घटनामा संलग्न व्यक्ति जेल बसेर छुटेको खुलेको छ ।

युवाको दुई समूहबीच चक्कु हानाहान हुँदा २ जनाको हत्या भएको घटनामा संलग्न व्यक्ति आपराधिक पृष्ठभूमिको रहेको अनुसन्धानको क्रममा भेटिएको हो ।

उनी खाजा पसल सञ्चालक हुन् । झडपका क्रममा चक्कु प्रहार गर्ने व्यक्ति उनी नै रहेको प्रहरीको दाबी छ । उनी यसअघि लागूऔषध मुद्दामा दोषी ठहर भई २ वर्ष जेल सजाय भोगेका व्यक्ति हुन् ।

फागु पूर्णिमाको रात, जहाँ खेलियो ‘रगतको होली’ !

आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको ‘डी पोपिना’ खाजाघरमा पुगेर मदिरा सेवन गरिरहेका र त्यहाँ पुगेका दुई समूहका युवाबीच चक्कु हानाहान हुँदा २ जनाको हत्या भएको थियो ।

मृत्यु हुने रोवस राई र पुजन राई फरक-फरक समूहका हुन् । घटनामा अनुसन्धानको क्रममा १८ जना पक्राउ परेका छन् ।

फागु खेल्ने क्रममा भएको विवादले उग्र रुप लिँदा ललितपुरमा २ युवाको हत्या

घटना भएको खाजाघर ‘डी पोपिना’, ढोलाहिटी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved