टेलिकमको तार चोरेको आरोपमा एक जना पक्राउ

नेपालभ्युज

टेलिकमको तार चोरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । प्रहरीले नेपाल टेलिकमको तार चोरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मादी गाउँपालिका–१, सिक्लेसका ३२ वर्षीय नविन सुनार छन् ।

कास्कीको पोखरा महानगरपालिका–११ रानीपौवामा रहेको नेपाल टेलिकम कार्यालयको परिसरभित्र राखिएको तामा मिश्रित तार चोरी गरेको आरोपमा सुनारलाई  पक्राउ गरिएको वडा प्रहरी कार्यालय रामजाबरले जनाएको छ ।

सुनारको साथबाट ११० फिट फाइबर तार बरामद गरिएको छ ।

उनलाई थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved