आईपीएलमा भोजपुरी कमेन्ट्रीका क्रममा अश्लील शब्द प्रयोग गरेपछि…

नेपालभ्युज

आईपीएलमा भोजपुरी कमेन्ट्रीका क्रममा अश्लील शब्द प्रयोग गरेपछि…

काठमाडौं । भारतीयको चर्चित क्रिकेट प्रतियोगिता आईपीएल (IPL) विभिन्न कारणमा विवादमा आइरहन्छ ।

जारी सिजनको आइतबार कोलकाताको इडेन गार्डेनमा भएको खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीचको खेलमा भोजपुरी भाषामा कमेन्ट्री गर्दा अश्लील शब्द प्रयोग गरेको भन्दै विवाद उत्पन्न भएको छ ।

धेरै दर्शकले यसको भिडियो सोसल मिडिया साइट एक्समा सेयर गरेका छन् । र, उचित कारबाहीको माग गरेका छन्।

यो भिडियो निकै भाइरल भइरहेको छ ।

यो विवादास्पद टिप्पणी सनराइजर्स हैदरावादको इनिङ्सको १९औं ओभरमा गरिएको हो ।

त्यतिबेला मिचेल स्टार्क बलिङ गरिरहेका थिए भने हैदरावादका ब्याट्सम्यान हेनरिक क्लासेन स्टार्कको बलमा लामो सट प्रहार गरिरहेका थिए । उक्त ओभरमा उनले तीन छक्का प्रहार गरेका थिए ।

मिड विकेटमा क्लासेनले छक्का प्रहार गर्दा भोजपुरी कमेन्टेटरले अश्लील शब्द प्रयोग गरेको आरोप लागेको छ । जुन भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

धेरै दर्शकहरूले बीसीसीआई सचिव जय शाहसँगै भोजपुरी फिल्म अभिनेता तथा नेता मनोज तिवारी र रवि किशनलाई ट्याग गरेको समस्या समाधान गर्न दबाब दिएका छन् ।

यो विषयलाई गम्भीरताका साथ सोच्न पनि आग्रह गरेका छन् ।

भोजपुरी कमेन्टेटरमा कमेन्ट्री गर्ने क्षमता नभएको उनीहरुको आरोप छ ।

तर, बोर्डले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved