अछाममा ट्याक्टर दुर्घटना : पाँच जनाको मृत्यु

नेपालभ्युज

अछाममा ट्याक्टर दुर्घटना : पाँच जनाको मृत्यु

अछाम। अछामको मेल्लेख गाँउपालिकामा टयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।

षोडशाबाट साँफेबगर तर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर मेल्लेख गाँउपालिका वडा नम्बर ७ नन्देगडाको सुयडीमा दुर्घटना भएको मेल्लेख प्रहरी चौकीका सहायक प्रहरी निरिक्षक नरेन्द्रबहादुर खड्काले जानकारी दिए ।

दुर्घटनामा मेल्लेख गाँउपालिका १ रिसिदहका ५५ वर्षीय रंग धामी, सोही ठाउँकै ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरव धामी, १५ वर्षीय जनक धामी र सोही ठाउँकै २१ वर्षीय जनक धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाईते ३ जनालाई उपचारको लागि बयालपाटा अस्पताल पठाईको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved