रंग र छालसँगै होली (तस्वीरहरू)

रंग र छालसँगै होली (तस्वीरहरू)

सिन्धुपाल्चोक। काठमाडौं उपत्यकासहित आज देशभरका पहाडी क्षेत्रमा रंगहरुको पर्व होली मनाइँदैछ।

काठमाडौं उपत्यकाबाट करिब ७० किमी टाढा रहेको सुकुटे बजार क्षेत्रमा आज आन्तरिक पर्यटकको घुइँचो लागेको छ।

यहीँ पर्व मनाउन उपत्यकाबाट दशौ हजार मानिस सिन्धुपाल्चोकको सुकुटे क्षेत्रमा आएका छन्। यो क्षेत्र भोटेकोसी नदीमा र्‍याफि्टङ गर्न आन्तरिक एवम् बाह्य पर्यटकमाँझ लोकप्रिय छ।

यो क्षेत्रमा ३ दर्जनभन्दा बढी र्‍याफि्टङ रिसोर्टहरु संचालनमा छन्। हप्ताको अन्तिम दिन र पर्वको बेला यस क्षेत्रमा दशौ हजार मानिस बिदा मनाउन आउने गर्दछन्।

भोटेकोसी नदी र्‍याफि्टङको लागि बिश्वभर प्रसिद्ध नदी हो। आज हामीले यहीँ क्षेत्रमा होली मनाउदै र्‍यायाफि्टङ गर्नेको तस्वीर कैद गरेका छौं। (तस्वीरहरु टुनिबोटेमा अवस्थित र्‍याफि्टङ स्टार क्याममा खिचिएको हो)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved