पूर्वी तथा मध्यभेगमा वर्षाको सम्भावना, पहाडी जिल्लामा मेघ गर्जनसहित वर्षा

नेपालभ्युज

पूर्वी तथा मध्यभेगमा वर्षाको सम्भावना, पहाडी जिल्लामा मेघ गर्जनसहित वर्षा

काठमाडौं । कोशी, मधेस , बागमती र गण्डकी प्रदेशमा सामान्यत आज बदली हुने छ । पहाडी भू–भागमा पनि आंशिक देखि साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

बाँकी भेगको मौसम भने समान्यतः सफा रहने महाशाखाको अनुमान छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राती मुलुकभर आंशिक देखि साधारणतया बदली हुने महाशाखाको अनुमान छ ।

पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहारमा सिर्जित न्यून चापीय प्रणालीका कारण नेपालको मौसम प्रभावित भएको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ दशमल ३ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २१ दशमलव १ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ ।

गत २४ घण्टामा काठमाडौंमा १० दशमलव २ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै धनकुटामा ३२ दशमलव ३ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved