महराबारे गृहमन्त्री लामिछाने : बिरामी हुनुहुन्थ्यो, राज्यको पनि करूणा हुन्छ

नेपालभ्युज

महराबारे गृहमन्त्री लामिछाने : बिरामी हुनुहुन्थ्यो, राज्यको पनि करूणा हुन्छ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेको विषयलाई अतिरञ्जित बनाउन नहुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बिरामी भएको कारणले महरालाई छाडिएको बताए ।

सुन तस्करी प्रकरणमा भैरहवाबाट पक्राउ परेका महरा शुक्रबार छुटेका थिए ।

महरालाई रिहा गर्न देखाइएका तीन कारण

महराले दैनिक ‘८/१० वटा औषधि सेवन गरिरहेको बताउँदै लामिछानेले भने, ‘अदालतले पनि बिरामी हुनुभएको बताएको छ । राज्य निर्मम हुन सक्छ, तर करूणा भएन भने त्यो अन्याय हुन जान्छ ।’

अवस्था हेरेर मानवीय संवेदना र करूणाको प्रयोग हुनुपर्ने उनको भनाई छ ।

साथै, उनले सुन तस्करी प्रकरणमा दोषी जोसुकै भए पनि नछाड्ने बताएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved