मस्को आक्रमणमा मृत्यु हुनेको संख्या ११५ पुग्यो, चार जना पक्राउ

नेपालभ्युज

मस्को आक्रमणमा मृत्यु हुनेको संख्या ११५ पुग्यो, चार जना पक्राउ

काठमाडौं । रुसको राजधानी मस्कोको एउटा कन्सर्टमा भएको गोलाबारीमा ज्यान गुमाउनेको संख्या ११५ पुगेको छ ।

बीबीसीकाअनुसार अहिलेसम्म ११५ जनाको ज्यान गएको छ र १ सय भन्दा धेरै घाइते भएका छन् ।

शुक्रबार राति मस्कोको पश्चिमी उपनगरस्थित भेटेरन रक ब्याण्डको कन्सर्टमा जम्मा भएका दर्शकमाथि बन्दुक र बमले आक्रमण गरिएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा रुसी प्रहरीले चार जनालाई पक्राउ गरेको छ । आक्रमणको जिम्मा इस्लामिक कट्टरपन्थी समूह आइएसले लिएको छ ।

कन्सर्ट हलमा ६ हजारभन्दा धेरै मानिस रहेको अनुमान गरिएको छ । आक्रमणपछि कन्सर्ट हलमा आगलागी भएर एउटा भाग भत्किएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved