‘महाजात्रा’को भयानक ओपनिङ, शुक्रबार एकै दिन करोड कमाएको फिल्मको शनिबार पनि हाउसफुल

नेपालभ्युज

‘महाजात्रा’को भयानक ओपनिङ, शुक्रबार एकै दिन करोड कमाएको फिल्मको शनिबार पनि हाउसफुल

काठ्माडौं । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र ‘महाजात्रा’ले भयानक ओपनिङ गरेको छ ।

चलचित्र ‘महाजात्रा’ले पहिलो दिन नै १ करोड माथिको ग्रस कलेक्सन गरेको छ । शनिबार पनि हाउसफूल छ ।

रिलिज भएको पहिलो दिन नै चलचित्रले देशव्यापी रूपमा १ करोड २३ लाखको व्यापार गरेको फिल्मको शनिबार पनि भव्य कमाइ गरिरहेको छ ।

पहिलो र दोस्रो दिन नै चलचित्रका सबै टिकटहरु हाउसफुल भएका छन् ।

आइतबार होली भएकाले  चलचित्रले बक्स अफिसमा राम्रो कलेक्सन गर्ने लगभग निश्चितै छ । हाउसफुल भएपछि शोज थपिनेक्रम पनि सुरु भएको छ ।

निर्माता दीपेश खत्री ‘म्याक्स’ले काठमाडौं उपत्यका र बाहिर गरेर शुक्रबार चलचित्रले एक करोड २३ लाख ग्रस कलेक्सन गरेको बताए ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रले शुक्रबार ३४२ भन्दा धेरै शो पाएको थियो ।

चलचित्रमा हरिवंश आचार्य, बिपिन कार्की , वर्षा राउत, रबिन्द्र सिंह बानियाँ, रबिन्द्र झा, दिब्य देब, आदि लगायतका कलाकारको अभिनय रहेको छ। निर्देशक प्रदिप भट्टराईले निर्देशन गरेको चलचित्रका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन्।

चलचित्रका निर्माताहरु म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेल हुन् भने चलचित्रको कथा निर्देशक भट्टराईले स्वयं लेखेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved