सरकारले आफ्नो नाममा ल्यायो बाँसबारी छालाजुत्ता उद्योगको जग्गा

नेपालभ्युज

सरकारले आफ्नो नाममा ल्यायो बाँसबारी छालाजुत्ता उद्योगको जग्गा

काठमाडौं । सरकारले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा आफ्नो स्वामित्वमा ल्याएको छ ।

शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी दिएका हुन्।

‘हाल चाँदबाग रेसिडेन्सी प्रालिको नाममा लगिएको बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा सरकारीकरण गर्ने निर्णय भएको छ ।’ मन्त्री अधिकारीले भने ।

मालपोत ऐन २०२४ अनुसार उक्त जग्गा सरकारको नाममा ल्याइएको हो ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो । तर अदालतकाे आदेशपछि छाडिएको थियो ।

साथै, नेपाली कांग्रेसका सांसद तथा उद्यमी विनोद चौधरीसँग समेत सीआईबीले बयान लिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved