चाडमा प्रतिद्वन्द्वी समुदायबीचको झडपमा ४२ जनाको मृत्यु

नेपालभ्युज

चाडमा प्रतिद्वन्द्वी समुदायबीचको झडपमा ४२ जनाको मृत्यु

काठमाडौं । चाडमा दुई समुदायबीचको झडपमा ४२ जनाको मृत्यु भएको त्यहाँको सार्वजनिक सुरक्षा मन्त्रालयले जनाएको छ । यस मुलुकको मरुभूमि क्षेत्र प्राय जमिन विवादले ग्रस्त छ ।

मन्त्रालयले झडपमा को सामेल थियो वा कति समयसम्म झडप भयो भन्नेबारै ठ्याक्कै उल्लेख गरेको छैन । तर, यस क्षेत्रमा नियमितरूपमा बसेका किसानहरू र फिरन्ते गोठाला वा अन्य समूहबीच जमिनलाई लिएर झडप भएको मन्त्रालयले जनाएको छ ।

घटनास्थलबाट एक सय ७५ जनालाई पक्राउ गरिएको छ । झडपका क्रममा ओउद्दाई प्रान्तको टिलेगुए गाउँमा हतियारधारी मानिसहरूले आगो लगाएका थिए ।

सार्वजनिक सुरक्षामन्त्री जनरल महामत चारफडाइन मार्गुईले टेलिफोनमा भने, “स्थिति नियन्त्रणमा छ । तर, विभिन्न पक्षबीच मेलमिलाप गराउने प्रयास गरिरहेको छु ।”

घटनाबारे ‘प्रकाश पार्ने’ उद्देश्यले सरकार र सेनाका सदस्यहरूको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री घटनास्थलमा पुगेका छन् ।

किसानहरूले गोठालाहरूमाथि आफ्नो जमिनमा पशुवस्तुलाई चराउन वा बाली कुल्चन दिन अनुमति दिएको आरोप लगाउँदा अधिकांश बासिन्दा सशस्त्र रहेको पूर्वी र दक्षिणी चाडमा प्राय झडपहरू भइरहन्छन् । –एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved