रक्सीभन्दा पनि खतरनाक हुन सक्छन् यस्ता चिज, खाने बित्तिकै बढ्छ लिवरमा फ्याट

नेपालभ्युज

रक्सीभन्दा पनि खतरनाक हुन सक्छन् यस्ता चिज, खाने बित्तिकै बढ्छ लिवरमा फ्याट

एजेन्सी । अहिलेको समयमा फ्याटी लिवरको समस्या रक्सी सेवन गर्नेभन्दा नगर्नेलाई अझ बढी देखिन थालेको छ ।

त्यसो त फ्याटी लिवरको समस्या दुई प्रकारको हुन्छ । एउटा अल्कोहोलिक फ्याटी लिवर, जो अत्यधिक मात्रामा रक्सी सेवन गर्नाले हुन्छ र अर्को नन–अल्कोहोलिक फ्याटी लिवर, यो समस्या खानपानमा ख्याल नगर्दा हुने गर्छ ।

आज हामी तपाईंलाई केही त्यस्ता चीज बारे बताउनेछौं जसले फ्याटी लिवरको समस्या धेरै बढाइदिन्छन् । यी चीज लिवरका लागि रक्सी भन्दा पनि घातक हुन सक्छन्-

चिनी

सुगरी फुड्स अर्थात चिनी भएका सबैखाले पदार्थ जसमा सोडा, पेय पदार्थ, चकलेट, केक जस्ता चीजले लिवरमा फ्याटको मात्रा एकदमै धेरै बढ्न थाल्छ ।

स्याचुरेटेड फ्याट

मासु, फ्याट ननिकालिएको दुध र दुग्धजन्य पदार्थमा स्याचुरेटेड फ्याटको मात्रा एकदमै धेरै पाइन्छ । यस्ता चीज खाँदा लिवरमा फ्याट बढ्ने तथा पोल्ने हुन थाल्छ ।

ट्रान्स फ्याट

प्रोसेस्ड स्न्याक्स, तारेको खानामा अत्यधिक रूपमा ट्रान्स फ्याट पाइन्छ । जसले पोल्ने तथा फ्याटी लिवरको समस्या बढाउने गर्दछ ।

रिफाइन्ड ग्रेन

प्रसोधित गरेका चीजहरू जस्तै ब्रेड, सेतो चामल, सीरियल्सहरूमा फाइबर एकदमै कम हुन्छ जसले सुगर लेवल र फ्याटी लिवरको समस्या बढ्न थाल्छ ।

सफ्ट ड्रिंक्स

दैनिक रूपमा सफ्ट ड्रिंक्सहरू जस्तै कोक, पेप्सी आदिको सेवन गर्नाले फ्याटी लिवरको समस्या एकदमै बढ्ने गर्छ ।

साथमा बजारमा प्याक गरेर राखिएका फलफूलका जुसमा पनि चिनीको मात्रा धेरै हुन्छ जसले शरीरमा फ्याट बढाउने काम गर्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved