माओवादी भ्रष्ट भएको भन्दै केन्द्रीय सदस्य शर्माले त्यागे पार्टी, प्रचण्डमाथि जनयुद्धको सपना तुहाएको आरोप

नेपालभ्युज

माओवादी भ्रष्ट भएको भन्दै केन्द्रीय सदस्य शर्माले त्यागे पार्टी, प्रचण्डमाथि जनयुद्धको सपना तुहाएको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्र भ्रष्टाचार काण्डमा संलग्न भएको भन्दै केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी त्यागेका छन् ।

संविधानसभा सदस्य समेत रहेका शर्माले सामाजिक सञ्जालबाटै नेकपा माओवादी केन्द्र परित्यागको घोषणा गरेका हुन् ।

उनले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी सामाजिक संजालमार्फत् अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गराएका छन् ।

नेता शर्मा पार्टीको नेतृत्वप्रति लामो समयदेखि असन्तुष्ट थिए । उनले पार्टीका प्रमुख पदाधिकारीहरू विभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको, माओवादी पार्टी नभएर गुटैगुटको महासंघमा रूपान्तरण भएको, जनयुद्धको दौरान आफैले उठाएको मुद्दाबाट च्युत हुँदै गएको टिप्पणी गरेका छन् ।

नेता शर्माले जनादेश विपरीत विदेशी शक्तिको आडभरोसामा सरकारमा रहनकै लागि पटकपटक गठबन्धन फेरिरहने र देशलाई अस्थिरता एवं विदेशीको क्रिडास्थल बनाई अनन्त अध्यारो दिशातर्फ धकेलेको आरोप पनि अध्यक्ष प्रचण्डमाथि लगाएका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड सरकारको नेतृत्वमा छन् । तर शर्माले पार्टीका प्रमुख नेतृत्व र सरकारबाट भइरहेको काममा असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेको उल्लेख गरेका छन् ।

उनले महान् जनयुद्धको समय आदर्श मानिएका प्रमुख पदाधिकारीहरू नै विभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको देखेर आत्मग्लानी भएको र जनयुद्धलाई नै कलंकित गर्ने काम भइरहेको महशुस गरेको पनि उनले उल्लेख गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved