५८ वर्षमा बच्चा जन्माएपछि मुसेवालाका आमाबुवालाई तनाव, वैधानिकताको प्रमाण मागेर दुर्व्यवहार गरेको गुनासो

नेपालभ्युज

५८ वर्षमा बच्चा जन्माएपछि मुसेवालाका आमाबुवालाई तनाव, वैधानिकताको प्रमाण मागेर दुर्व्यवहार गरेको गुनासो

काठमाडौं । पञ्जाबी गायक सिद्धु मूसेवालाको मृत्यु भएको झण्डै दुई वर्षपछि उनका आमाबाबुले गत आइतबार आईभीएफ प्रविधिबाट जन्मेको दोस्रो सन्तानलाई स्वागत गरे।

तर, उनका बाबुआमाको उमेरलाई लिएर विवाद सुरू भएको छ ।

मूसेवालाका बुबा बलकौर सिंहले एक भिडियो सन्देश जारी गर्दै प्रशासनले बालकको वैधानिकताको प्रमाण मागेर दुर्व्यवहार गरिरहेको गुनासो गरेका छन् ।

५८ वर्ष पुगिसकेकी शिद्धुकी आमाले कसरी बच्चा जन्माउन सफल भइन् भनेर सबैलाई चासो लागिरहेको छ । सोही विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

५८ वर्षको उमेरमा सिद्धु मुसेवालाकी आमाले यसरी जन्माइन बच्चा

भारतीय कानुन अनुसार महिलाले अधिकतम ५० वर्षको उमेरसम्म मात्रै आईभीएफ मार्फत बच्चा जन्माउन पाउँछन् । पुरूषहरूको लागि कानुनी उमेर ५५ वर्ष हो।

सिद्धु मूसेवालाको परिवारका अनुसार भारतबाहिर आईभीएफ उपचार गराएर बच्चा जन्माइएको हो ।

बलकौर सिंहले भिडियोमा ‘कम्तिमा उपचार सम्पन्न नहुँदासम्म सरकारले दया देखाओस्’ भन्दै अपिल गरेका छन् ।

उनले उपचार सकिएपछि सबै कागजात बुझाउने बताउँदै आफूले कुनै कानुन उल्लंघन नगरेको बताएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले यस सम्बन्धमा जवाफ माग्दै पञ्जाबको स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेको केही मिडिया रिपोर्टमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved