रिडी-तम्घास सडकखण्ड तीन साता बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

नेपालभ्युज

रिडी-तम्घास सडकखण्ड तीन साता बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
फाइल फोटो

गुल्मी । मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक बुधबारदेखि तीन सातासम्म बन्द हुने भएको छ ।

राजमार्ग योजना कार्यालयले आज सार्वजनिक सूचना निकालेर रिडी– तम्घास खण्डमा सडक विस्तारको काम भइरहेकाले तीन सातालाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

सडक निर्माणका क्रममा पहरो फोर्ने, चौडा पार्ने, ग्रेड मिलाउनेलगायत काम गर्नुपर्ने भन्दै कार्यालयले ७ चैतदेखि चैत मसान्तसम्म सडक बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी शर्मिला शर्माले जानकारी दिएकी छन् ।

उनले तीन साताका लागि आज बिहान १० देखि ४ बजेसम्म र राति १० देखि बिहान ४ बजेसम्म सडक बन्द रहने बताइन् ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा भएको बैठकले हाल तीन सातालाई सडक बन्द गर्ने निर्णय गरेको हो ।

मुख्य सडक बन्द भएपछि वैकल्पिक सडकका लागि पानीट्याङ्की–थोर्गा–स्यालपोखरी–सालबिसौनीबाट रातामाटा, पिपलनेटा दिगाम हुँदै रिडी र लुम्छा–धरमपानी–दिगाम हुँदै रिडी तथा घुम्तीबाट–चारापाला–खज्र्याङ हुँदै रिडी सडक प्रयोग गर्न कार्यालयले सार्वजनिक सूचना जारी गरेर जनाएको छ ।

रिडी–तम्घास सडकखण्डको २५ किलोमिटर क्षेत्रमा निर्माण द्रुतगतिमा भइरहेको छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved