अदालतमा धरौटी बुझाउन नसके ट्रम्पका विश्व प्रसिद्ध टावरसहितका सम्पत्ति लिलाम हुनसक्ने

नेपालभ्युज

अदालतमा धरौटी बुझाउन नसके ट्रम्पका विश्व प्रसिद्ध टावरसहितका सम्पत्ति लिलाम हुनसक्ने

काठमाडौं । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी ५ दिनमा अरबौं डलर बराबरको धरौटी अदालतमा बुझाउन नसके के होला भन्ने विषयले अमेरिकी राजनीति तातिएको छ । ट्रम्पले आगामी मार्च २५ भित्रमा ४६४ मिलियन डलर बराबरको धरौटी अदालतमा बुझाउनुपर्ने छ ।

ठगी मुद्दाको पुनरावेदनका लागि ट्रम्पले नगदमा या धितो जमानी अदालतमा बुझाउनु पर्ने भएको हो । पछिल्लो समय ट्रम्पका वकिलहरुले सो रकमको ग्यारेन्टी गर्न सक्ने कम्पनीको खोजीलाई तिब्रता दिइरहेका छन् ।

अधिकतम प्रयास गर्दा पनि ग्यारेन्टर भेटाउन नसकेको बीबीसीले जनाएको छ । ट्रम्पले व्यवसायका नाममा अरबौं डलर राजस्व राज्यलाई ठगी गरेको आरोपमा अदालतमा मुद्दा विचाराधिन छ । चुनावी माहोल बढिरहदा आइलागेको अदालती झञ्झटले ट्रम्पलाई झन् ठूलो तनाव दिएको छ ।

२५ मार्च सम्ममा धरौटी सुरक्षित गर्न नसके ट्रम्पको सम्पत्तीबाट असुल उपर गरिने महान्यायाधिवक्ता लेटिया जेम्सले बताइन् ।

धरौटी जमानत बुझाउन नसके ५८ तले ट्रम्प टावर र उनको अन्य अचल सम्पत्ति लिलाम हुने छन् । त्यतिले समेत धरौटी रकमको भार बहन गर्न नसक्ने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved