पूर्वी नेपालमा पानी पर्न थाल्यो, काठमाडौंमा पनि छिटपुट वर्षा

नेपालभ्युज

पूर्वी नेपालमा पानी पर्न थाल्यो, काठमाडौंमा पनि छिटपुट वर्षा

काठमाडौं । कोशी र मधेश प्रदेशका केही स्थानमा वर्षा भएको छ । काठमाडौं उपत्यकामा पनि बिहानदेखि फाट्टफुट्ट वर्षा भएको छ ।

वर्षा हुने क्रम भोलिसम्म जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण नेपालको मौसम प्रभावित भएको हो । न्यून चापीय प्रणालीको प्रभाव पूर्वी नेपालमा धेरै देखिएको छ । यही प्रणालीका कारण पूर्वी नेपाल र मधेसमा वर्षा सुरु भएको हो ।

यसको प्रभाव बागमतीमा पनि देखिएकाले काठमाडौंमा छिटपुट वर्षा सुरु भएको छ । भोलि अपरान्हदेखि मौसममा सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved