बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज नेपाल आउँदै

नेपालभ्युज

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज नेपाल आउँदै

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज नेपाल आउने भएकी छन् ।

आरबी डायमण्ड ज्वेलर्सको २७औं वार्षिकोत्सवको अवसरमा चैत १६ गते होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा सहभागी हुन फर्नान्डेज नेपाल आउन लागेकी हुन् ।

फर्नान्डेजले एक भिडिओ सन्देशमार्फत आफू कार्यक्रमका लागि नेपाल आउन आतुर रहेको बताएकी छन् ।

सो अवसरमा आरबी डायमण्डले आफ्नो ब्रान्डको उत्कृष्ट डिजाइनका नयाँ कलेक्सनहरु प्रदर्शन गर्ने कार्यकम रहेको छ ।

साथै, कार्यक्रममा हलिउड अभिनेता तथा मोडल किम गुडबर्न सहभागी हुनेछन् । उनी शो ओपनरको रुपमा नेपाल आउन लागेको आरबी ज्वेलर्सले जनाएको छ ।

आरबी डायमण्ड ज्वेलर्सले नयाँ लोगो सार्वजनिक र नयाँ ब्रान्ड एम्बेसडरको घोषणा गरेको छ ।

आरबी डायमण्ड ज्वेलर्स हीरा र गहनाको क्षेत्रमा आफ्नो कलाकृति, उत्कृष्ट गुणस्तर र सम्पदा-प्रेरित डिजाइनका लागि प्रख्यात छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved