महिलालाई खराब व्यवहार गरेको भन्दै अष्ट्रेलियाद्वारा अफगानिस्तानसँगको टी-२० सिरिज रद्द

नेपालभ्युज

महिलालाई खराब व्यवहार गरेको भन्दै अष्ट्रेलियाद्वारा अफगानिस्तानसँगको टी-२० सिरिज रद्द

काठमाडौं । तालिबान सरकारले महिलालाई खराब व्यवहार गरेको भन्दै अष्ट्रेलियाले अफगानिस्तानसँगको प्रस्तावित टी-२० क्रिकेट सिरिज रद्द गरेको छ।

यो तीन खेलको टी-२० सिरिज अगस्टमा अष्ट्रेलियामा हुने तयारी थियो । क्रिकेट अष्ट्रेलियाले आफ्नो सामाजिक सञ्जाल साइट एक्सको ह्यान्डलबाट ट्वीट गर्दै यो जानकारी दिएको हो ।

सरकारसँगको वार्तापछि यो निर्णय गरेको क्रिकेट अष्ट्रेलियाले उल्लेख गरेको छ । साथै, भविष्यमा अफगानिस्तानसँग मिलेर काम गर्ने आशा व्यक्त गरेको छ ।

‘क्रिकेट अष्ट्रेलियाले विश्वभरको क्रिकेटमा महिलाको निरन्तर सहभागिताको लागि आफ्नो प्रतिबद्धता जारी राख्नेछ । र, भविष्यमा द्विपक्षीय खेल पुन: सुरु गर्न आईसीसी र अफगानिस्तान क्रिकेट बोर्डसँग मिलेर काम गर्नेर्छौँ।’ क्रिकेट अष्ट्रेलियाले भनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved