सिंहदरबारको पूर्वी गेटअघि नेविसंघको प्रदर्शन (तस्वीरहरू)

सिंहदरबारको पूर्वी गेटअघि नेविसंघको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन, नेविसंघले मंगलबार बिहान सिंहदरबारको पूर्वी गेटअघि प्रदर्शन गरेको छ।

सरकारमा सहकारी ठगीमा र सुनकाण्डमा मुछिएका विवादास्पद मन्त्रीहरू सामेल भएको आरोप लगाउँदै संघ विरोधमा उत्रिएको हो।

अर्थमन्त्री वर्षमान पुन र गृहमन्त्री रवि लामिछानेको विरोधमा विद्यार्थीहरूले सिंहदरबारको पर्खालमा विभिन्न नारा लेखिएका पोस्टर पम्लेट टाँसेका थिए।

प्रदर्शनको क्रममा प्रहरीले १५ जना विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका उनीहरूलाई प्रहरी वृत सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ।

तस्वीरहरू


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved