नेसपाको यादव समूहले बोलायो आकस्मिक बैठक

नेपालभ्युज

नेसपाको यादव समूहले बोलायो आकस्मिक बैठक

काठमाडौं । नेपाल समाजवादी पार्टी नेसपाले पदमुक्त गरेका महिन्द्र राय पक्षले बैठक बोलाएको छ ।

अध्यक्ष बाबुराम भट्टराई पक्षको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसँगको एकता पक्षधरलाई पदमुक्त गर्ने निर्णय गरेसँगै यादव पक्षले मंगलबार केन्द्रीय समितिको अर्को बैठक बोलाएको हो ।

महासचिव रमेश प्रसाद यादवका अनुसार थापागाउँस्थित कृष्णभोग पार्टी प्यालेसमा बिहान ११ बजेदेखि बैठक बस्नेछ । बैठकले बाबुराम भट्टराई पक्षधरलाई कारबाही गरेको घोषणा गर्ने बताइएको छ ।

यादव पक्षले शनिबार माओवादी केन्द्रसँग एकताका लागि ४ बुँदे सहमति गरेको थियो । एकता सहमतिलाई नेसपाको बहुमतले भने अश्वीकार गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved