मौसम

पहाडी भेगमा मेघ गर्जनसहित वर्षा, कोशी र गण्डकीमा हिमपातको सम्भावना

नेपालभ्युज

पहाडी भेगमा मेघ गर्जनसहित वर्षा, कोशी र गण्डकीमा हिमपातको सम्भावना

काठमाडौं । कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

पहाडी भेगका केही स्थानमा भने आज मेघ गर्जनसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ । मधेस प्रदेश र कोशी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली हुनेछ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २८ दशमलव २ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved