सीआईबी प्रमुख ज्ञवालीले सम्हाले पद, हाइ प्रोफाइल समात्नुपर्ने चुनौती

कांग्रेस नेता बालकृष्ण खाणलगायतलाई पक्राउ गरेपछि ज्ञवालीलाई सरुवा गरिएको थियो । अहिले फेरि सीआइबीको प्रमुखमा नियुक्त भएका ज्ञवालीलाई थुप्रै हाइ प्रोफाइललाई पक्राउ गर्नुपर्ने चुनौती  छ ।

नेपालभ्युज

सीआईबी प्रमुख ज्ञवालीले सम्हाले पद, हाइ प्रोफाइल समात्नुपर्ने चुनौती

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को कमाण्ड एआईजी  श्यामलाल ज्ञवालीले सम्हालेका छन् । उनले आइतबार दिउँसो सीआईबी कार्यालयमा गएर पदभार ग्रहण गरेका हुन् ।

सुनको तस्करीमा कमजोर अनुसन्धान गरेको आरोपमा किरण बज्राचार्यको सरुवा भएपछि उनलाई नियुक्त गरिएको थियो ।

आइतबार बिहान मात्र गृहमन्त्री रवि लामिछानेले आईजीपी वसन्तबहादुर कुँवर र एआईजी ज्ञवालीलाई बोलाएर भेटेका थिए । भेटमा गृहमन्त्री रविले सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले गरेको सिफारिस कडाईसाथ कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।

आयोगले पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरासहित थुप्रैलाई मुद्दा चलाउन सिफारिस गरेको छ ।

सीआईबीको यसअघिको अनुसन्धानमा उनीहरूलाई जोगाएको आयोगले दाबी गरेको थियो ।  आयोगको प्रतिवेदनलगत्तै पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पक्राउ परिसकेका छन् ।

सुन तस्करीमा उनको पनि संलग्नता रहेको दाबी गरिएको छ । महरापुत्र राहुल यसअघि नै पक्राउ परेर कारागारमा छन् । गृहमन्त्रीको निर्देशनअनुसार सीआईबीले महरालाई तत्काल पक्राउको तयारी गरेको स्रोतले बताएको छ ।

यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालयमा हुँदा नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्धा अनुसन्धानमा समन्वय गरेका ज्ञावालीलाई कांग्रेस नेतृत्वको दबाबमा प्रहरी प्रधान कार्यालयको कार्यविभागमा सरुवा गरेको थियो ।

कांग्रेस नेता बालकृष्ण खाणलगायतलाई पक्राउ गरेपछि ज्ञवालीलाई सरुवा गरिएको थियो । अहिले फेरि सीआइबीको प्रमुखमा नियुक्त भएका ज्ञवालीलाई नेताहरु जोडिएको घटनामा अनुसन्धान र छानबिन समितिको प्रतिवेदन कार्यान्वायन गराउनुपर्ने चुनौती छ ।

छानबिन समितिले हाइ प्रोफाइललाई दोषि देखाएको छ । यसको लागि पहिलो नम्बरमा महरा छन् । यसअघि दायर भएको मुद्दामा पूरक अभियोग लैजाने तयारी सीआईबीको छ । सीआईबीले यसअघि ब्रेक सु र भेप प्रकरणमा अवैध सुन चोरी पैठारी र संगठित अपराधमा अभियोग दायर गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved