शालिन मृत्यु प्रकरणमा प्रिन्सिपलसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता 

नेपालभ्युज

शालिन मृत्यु प्रकरणमा प्रिन्सिपलसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता 

काठमाडौं । शालिन पोखरेल मृत्यु प्रकरणमा प्रिन्सिपलसहित तीन जना विरुद्ध जिल्ला अदालत चितवनमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ ।

शिशु निकेतन स्कुलका प्रिन्सिपलसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख शान्ति प्रसाद लुइँटेलले बताएका छन् ।

पीडित परिवारले ज्यान सम्बन्धी कसुरमा जाहेरी दिए पनि सो कसुरमा प्रमाण नजुटेपछि मुद्दा परिवर्तन गरिएको हो ।

शालिन मृत्यु प्रकरणमा रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय प्रिन्सिपल बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेल पक्राउ परेका छन् । पक्राउ परेकाहरू मध्ये एक जना भाइस प्रिन्सिपल र अर्का होस्टलका वार्डेन हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved