टोखा नगरभित्र ‘मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण’ सुरु, ज्येष्ठ नागरिकले निःशुल्क औषधि पाउने

नेपालभ्युज

टोखा नगरभित्र ‘मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण’ सुरु, ज्येष्ठ नागरिकले निःशुल्क औषधि पाउने

काठमाडौं । काठमाडौँको टोखा नगरपालिकामा ‘मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण’ कार्यक्रम सुरु गरिएको छ ।

टोखाले नगरभित्रका ६० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गर्ने उद्देश्यले आइतबारदेखि मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरेको हो । उक्त अभियान टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालमा सुरु गरिएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले पालिकाभित्रका ज्येष्ठ नागरिकलाई स्वस्थ्य बनाउनका लागि उक्त अभियान सञ्चालन गरिएको जानकारी दिए । “विगतका दिनमा नगरपालिकाले सुरु गरेको अभियानमा उत्साहपूर्वक जनसहभागिता देखिएपछि मेयर दीर्घायु कार्यक्रमलाई निरन्तरता दिएका हौँ”,उनले भने ।

टोखाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले टोखाका बासिन्दाको स्वास्थ्यलाई ध्यानमा राखेर उक्त अभियान सञ्चालन गरिएको बताए । पालिकाले उक्त कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक नीति तथा कानुन निर्माण गरिसकेको उनले जानकारी दिए ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालले उक्त अभियानका लागि टोखाले चालू आवमा रू ६५ लाख बजेट विनियोजन गरेको जानकारी दिए । टोखाले उक्त अभियानलाई विगत चार वर्षदेखि सञ्चालन गरिरहेको भन्दै यस वर्षका लागि आजदेखि सुरुवात गरिएको उनको भनाइ छ ।

उक्त अभियानलाई आगामी दिनमा टोखा–११ को सहरी स्वास्थ्य केन्द्रबाट पनि सुरु गरिने गरपालिकाले जनाएको छ । अभियानअन्तर्गत ज्येष्ठ नागरिकको ‘होलवडी’ चेकजाँच गरिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved