मोरङको कोशी चिउरा मिल जलेर नष्ट, डेढ करोडको क्षति

नेपालभ्युज

मोरङको कोशी चिउरा मिल जलेर नष्ट, डेढ करोडको क्षति
सांकेतिक तस्वीर।

काठमाडौं । मोरङको पथरी शनिश्चरे– १ बुद्ध चोकमा रहेको एक चिउरा मिलमा आगलागी हुँदा एक करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । गएराति १२ बजे सल्किएको आगोले कोशी चिउरा मिल जलेर नष्टहुँदा मेसिनरीसहित त्यहाँ राखिएको सबै अन्न खरानी भएको छ ।

मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए । स्थानीय र सुरक्षाकर्मीको सहयोगमा आगो निभाइएको थियो । मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने हुन पाएन ।

आगलागी नियन्त्रणका लागि पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाबा दमकल बोलाइएको थियो । आगलागीको कारण अझै खुलेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved