आगलागीबाट भएको जनधनको क्षतिमा प्रधानमन्त्री प्रचण्डद्वारा दु:ख व्यक्त, सचेतना अपनाउन आग्रह

नेपालभ्युज

आगलागीबाट भएको जनधनको क्षतिमा प्रधानमन्त्री प्रचण्डद्वारा दु:ख व्यक्त, सचेतना अपनाउन आग्रह
फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका विभिन्न क्षेत्रमा आगलागीका कारण भएको जनधनको क्षतिमा दुख व्यक्त गरेका छन् ।

देशका विभिन्न स्थानमा भएको आगलागीमा दुख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत सचेतना अपनाउन अनुरोध गरेका छन् ।

उनले भनेका छन्, ‘भोजपुरलगायत पूर्वी नेपालका पहाडी जिल्लाहरूमा आगलागीबाट धनजनको क्षति भएको घटनाले मर्माहत तुल्याएको छ ।

घटनाप्रति गहिरो दुख व्यक्त गर्दै आगलागीबाट हुनसक्ने सम्भावित जोखिमप्रति पूर्वसचेतना अपनाउन सम्पूर्ण जनसमुदायमा अनुरोध गर्दछु ।’

आगलागीमा एकै परिवारका तीन बालबालिकाको मृत्यु


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved