आगलागीमा एकै परिवारका तीन बालबालिकाको मृत्यु

नेपालभ्युज

आगलागीमा एकै परिवारका तीन बालबालिकाको मृत्यु
प्रतिकात्मक तस्वीर ।

भोजपुर । भोजपुरको हतुवागडी गाउँपालिकामा भएको आगोलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ ।

हतुवागढी गाउँपालिका वडा नं ७ पात्लेपानीमा भएको आगोलागीमा एकै परिवारका एक बालिका, दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

केदार कार्कीको गोठमा आगलागी हुँदा त्यहाँ खेलिरहेका ७ वर्षीया दिपशिखा कार्की, ५ वर्षीय प्रनिश कार्की र ३ वर्षीय दियुनिष कार्कीको जलेर मृत्यु भएको हो ।

मृतक बालबालिका केदार र उनका भाइ रमेशका छोराछोरी भएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved