एकै मञ्चमा नाच्दै गाउँदै पल र समीक्षाले लिए अवार्ड, फोटो खिच्न लाग्दा भने  समीक्षा गायब

नेपालभ्युज

एकै मञ्चमा नाच्दै गाउँदै पल र समीक्षाले लिए अवार्ड, फोटो खिच्न लाग्दा भने  समीक्षा गायब

काठमाडौं । अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीले एउटै कार्यक्रममा अवार्ड थापेका छन् । बिहीबार जमलस्थित राष्ट्रिय नाचघरमा बाँडिएको १४औँ संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड थापेका हुन् ।

समीक्षा अधिकारीले ‘नबोली नबोली’ बोलको गीतबाट स्टेजमा तताइन् । सो उनले ‘पोखरा बगरमा’ बोलको गीतबाट लोक दोहोरी गायिका जुरी अवार्ड थापिन् ।

पलले भने विभिन्न गीतमा स्टेजमा नृत्य देखाए । उनले ‘तिमी र म जामजाम’ बोलको गीतबाट वेस्ट पपुलर अवार्ड म्युजिक भिडियो मोडल प्राप्त गरे ।

पल र समीक्षा एउटै कार्यक्रममा उपस्थित भए पनि एक अर्कोसँग भेटघाट र बोलचाल भने गरेनन् ।
कार्यक्रमको अन्त्यमा अवार्ड र सम्मान प्राप्त गर्नेको ग्रुप फोटो सेसन भएको थियो ।

जसमा पलले फोटो खिचाए पनि समीक्षा भने सहभागी भइनन् । कार्यक्रममा थुप्रै कलाकर्मीले अवार्ड जितेका थिए ।

क–कसले पाए अवार्ड

सर्वोत्कृष्ट महिला गीतकार (सुगम सङ्गीत)

नभए यदि भर — राधिका अधिकारी

महिला गीतकार सुगम सङ्गीत जुरी अवार्ड

एक चिम्टी सिन्दूर — सविता पोखरेल

सर्वोत्कृष्ट गीत

जालि माया — विष्णु भण्डारी

सर्वोत्कृष्ट गायन सुगम सङ्गीत (पुरुष)

प्रेमको प्रस्ताव — निशान भट्टराई

सर्वोत्कृष्ट गायन सुगम सङ्गीत (महिला)

तिम्रो यादैमा — काव्य आचार्य

सर्वोत्कृष्ट गायन सुगम सङ्गीत (महिला) जुरी अवार्ड

एकोहोरो माया – बेनिशा पौडेल

सर्वोत्कृष्ट सङ्गीत (सुगम सङ्गीत)

जान्दिन हे प्रियतम — वि.वि.अनुरागी

सर्वोत्कृष्ट रचना (सुगम सङ्गीत)

सँगसँगै बाचौला — सत्यराज चौलागाई

सर्वोत्कृष्ट एरेञ्जर (सङ्गीत संयोजन)

सुदिप सागर — सकम्बरी

सर्वोत्कृष्ट पप गायन

टंक तिमिल्सिना — मेरी चम्पा

सर्वोत्कृष्ट युगल गायन

रमेश राज भट्टराई र रचना रिमाल — बिदाइ (भन साइला २)

सर्वोत्कृष्ट लोक दोहोरी गायक

रामचन्द्र चन्द — घाटी रेट्नेलाई

सर्वोत्कृष्ट लोक दोहोरी गायिका

जुना श्रीष मगर— पानी खोलीको

लोक दोहोरी गायिका जुरी अवार्ड

समीक्षा अधिकारी – पोखरा बगरमा

सर्वोत्कृष्ट लोक दोहोरी भाका

रमेश परियार— वनमा खयर

सर्वोत्कृष्ट लोक दोहोरी गीत

कृष्ण भारद्वाज — डम्बर कुमारी

सर्वोत्कृष्ट मोडल जोडि पप तथा आधुनिक भिडियो

पत्थरको मुटु २ — विजय पुन र गीता ढुंगाना

सर्वोत्कृष्ट राष्ट्रिय भावना ओतप्रोत गीत

बाबुराम श्रेष्ठ– वीर नेपाली सेना

सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशन लोक दोहोरी

मौसम हिमाली — रिमै

म्युजिक भिडियो निर्देशन लोक दोहोरी जुरी अवार्ड

काजिश श्रेष्ठ – तिमी र म जाम माया

सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशन सुगम सङ्गीत

शिशिर खाती – जुम्ला

सर्वोत्कृष्ट छायाँकार म्युजिक भिडियो

नवराज उप्रेती — सकम्बरी

सर्वोत्कृष्ट सम्पादन म्युजिक भिडियो

मनोज कार्की — जुम्ला

सम्पादन म्युजिक भिडियो जुरी अवार्ड

दिपक विष्ट — तिमी र म जाम माया

सर्वोत्कृष्ट नवप्रतिभा दोहोरी

डोलराज परियार — कमली

सर्वोत्कृष्ट नवप्रतिभा पप तथा आधुनिक

चेतन गोतामे – को आफ्नो हो को पराई

सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल लोक तथा दोहोरी

अनु पराजुली र दिक्पाल कार्की — ओ राजै

म्युजिक भिडियो मोडल लोक तथा दोहोरी जुरी अवार्ड

संचिता शाही — मायाले फसायो

म्युजिक भिडियो मोडल लोक तथा दोहोरी पब्लिक च्वाइस अवार्ड

एलिना रायमाझी– फुलमा रस छ की

वेस्ट पपुलर अवार्ड म्युजिक भिडियो मोडल

पल शाह — तिमी र म जाम माया

विन्ध्यवासिनी अन्तर्राष्ट्रिय संगीतकर्मी सम्मान

दिपक अर्याल — जापान


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved