अधिकांस स्थानको मौसम आज सफा रहने, पहाडी भेगमा भने आंशिक बदली

नेपालभ्युज

अधिकांस स्थानको मौसम आज सफा रहने, पहाडी भेगमा भने आंशिक बदली

काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव परेको छ ।

हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राती भने पहाडी भू–भागमा आंशिक बदली हुनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २६ दशमलव ७ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved