जाँचबुझ आयोगले सुन तस्करीसम्बन्धी प्रतिवेदन गृहमन्त्रीलाई बुझायो

कार्यान्वयनमा ल्याउने गृहमन्त्री लामिछानेको प्रतिबद्धता

नेपालभ्युज

जाँचबुझ आयोगले सुन तस्करीसम्बन्धी प्रतिवेदन गृहमन्त्रीलाई बुझायो

काठमाडौं । सुनको अबैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

आयोगका अध्यक्ष एवम् पूर्वन्यायाधीश डिल्लीराज आचार्यले गृह मन्त्रालयमा एक कार्यक्रमबीच बिहीबार प्रतिवेदन ४८५ पृष्ठ लामो उक्त प्रतिवेदन बुझाएको हो । प्रतिवेदन १३ अनुच्छेद र ९ अनुसूचीमा समेटिएको छ ।

विमानस्थलको भन्सार जाँच पार गरेको ६० किलो सुन, भेपमार्फत आएको सुन तस्करी लगायतमा राजनीतिक नेतृत्वलाई जोगाइएको आरोप लागि रहेका बेला सरकारले उच्चस्तरीय छानबिन आयोग बनाएको थियो । आयोगले दोषी देखिएका व्यक्तिहरुको नाम नै तोकेर मुद्दा चलाउन सिफारिस गरेको, विभागीय कारबाही, सीडीआर डीएफएलमा नियमित देखिएका व्यक्तिको सूची र निर्दोष देखिएका व्यक्तिको नामावली प्रतिवेदनमा समावेश गरेको छ ।

प्रतिवेदन बुझ्दै उपप्रधान एवं गृहमन्त्री लामिछानेले सुझावका आधारमा आवश्यक अनुसन्धान गर्दै दोषीलाई कारबाही र सुधारका लागि सुझाइएका उपायको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । आफूलाई लागेको कुरा लिखित रुपमा आयोगलाई पठाएको भन्दै मन्त्री लामिछानेले सुनको अबैध तस्करी नियन्त्रणमा प्रतिवेदनले सहयोग गर्ने अपेक्षा गरेको बताए ।

उनले भने, ‘जुनसुकै खालको कमजोरी गर्ने निकाय र व्यक्तिविरुद्ध कारबाही हुनेछ । विगतमा उन्मुक्ति दिन सहयोग गर्नेलाई पनि कानून मातहत ल्याइनेछ ।’

सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा आयोग बनाएको थियो । आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य थिए ।

आयोगले सुन तस्करीमा संलग्नहरुसँग बयान, स्थलगत अध्ययन, प्राविधिक विश्लेषण लगायत गरेर केही महत्वपूर्ण सिफारिसहरु सरकारलाई गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved