वसन्तको आगमनसँगै राजधानीमा ढकमक्क ‘चेरी’ (तस्वीरहरू)

वसन्त ऋतुको आगमनसँगै काठमाडौं उपत्यकामा ‘चेरी’ फूलले सौन्दर्य बढाएको छ। ढकमक्क फुलेका पैँयू र आरु प्रजातिका यी फूलहरूले वसन्त ऋतुलाई स्वागत गरिरहेको भान हुन्छ । फूलको सौन्दर्यले वातावरण सुगन्धित छ । सबैलाई मोहित बनाइरहेको छ। रसिलो फूलमा माहुरीहरू झुम्मीरहेका हुन्छन् ।

वसन्तको आगमनसँगै राजधानीमा ढकमक्क ‘चेरी’ (तस्वीरहरू)

काठमाडौं । वसन्त ऋतुको आगमनसँगै काठमाडौं उपत्यकामा ‘चेरी’ फूलले सौन्दर्य बढाएको छ। ढकमक्क फुलेका पैँयू र आरु प्रजातिका यी फूलहरूले वसन्त ऋतुलाई स्वागत गरिरहेको भान हुन्छ ।

अहिले भृकुटीमण्डपको पार्कदेखि विभिन्न सडकको छेउमा यी फूलहरू फूलेका छन्। यी फूललाई जापनी भाषामा ‘साकुरा’, अङ्ग्रेजीमा ‘चेरी ब्लसम’ अनि नेपालीमा रैथाने पैँयू र आरूका नामले चिनिन्छ ।

यो  एक प्रकारको फल दिने रुख हो। यस रुखमा फुल्ने फूलको सौन्दर्यले वातावरण, मानव अनि जीवलाई मोहित र सुगन्धित बनाइरहेको छ। रसिलो यो फूलमा माहुरीहरू पनि उत्तिकै झुम्मी रहेका हुन्छन् ।

तस्वीरहरू:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved