गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या ३१ हजार नाघ्यो

नेपालभ्युज

गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या ३१ हजार नाघ्यो

गाजा । इजरायली आक्रमणबाट गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको संख्या ३१ हजार नाघेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ ।

विगत २४ घण्टाको अवधिमा इजरायली सेनाले द्वन्द्वग्रस्त तटीय क्षेत्रका विभिन्न स्थानमा गरेको आक्रमणबाट ८५ जना प्यालेस्टाइनीको मृत्यु भएको छ भने १३० जना घाइते भएका छन् ।

सो द्वन्द्वमा परी मृत्यु हुनेको कुल सङ्ख्या ३१ हजार ४५ पुगेको छ भने घाइतेको सङ्ख्या ७२ हजार ६५४ पुगेको छ । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved