दक्षिणासहित बिदा भए साधुसन्त (तस्वीरहरु)

दक्षिणासहित बिदा भए साधुसन्त (तस्वीरहरु)

काठमाडौं। यसवर्षको महाशिवरात्रिका लागि भारत तथा नेपाल कै विभिन्न भागबाट आएका साधुसन्त तथा जोगीलाई बिदाइ गरिएको छ।

आइतबार पशुपतिनाथ परिसरबाट ६ हजारभन्दा बढी साधुसन्तको एकै साथ बिदाइ गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। यसपाली महाशिवरात्रीका लागि पशुपतिनाथ दर्शन गर्न आएका साधुसन्तहरुलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित रु २ सयदेखि ९ हजारसम्म दक्षिणा दिएर बिदाइ गरिएको हो ।

भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तलाई हरेक वर्ष पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्ने चलन छ। महाशिवरात्रीका लागि आएका साधुसन्तहरु फाल्गुन शुक्ल एकादशीमा पशुपति मन्दिर प्रवेस गरेर फाल्गुन शुक्ल औसीका दिन बाहिरिने गर्दछन्। यसबर्ष साधुसन्तको बिदाई र दक्षिणाका लागि करिब रु २० लाख छुट्टाइएको गुठी संस्थानले जनाएको छ।

तस्वीर- सरोज बस्नेत/ नेपाल भ्युज


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved