मन्त्री चौधरीको पहिलो विदेश भ्रमण रद्द, सचिव नेतृत्वको टोली अमेरिका उड्यो

नेपालभ्युज

मन्त्री चौधरीको पहिलो विदेश भ्रमण रद्द, सचिव नेतृत्वको टोली अमेरिका उड्यो

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीको अमेरिका भ्रमण रद्द भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनु पर्ने भएपछि चौधरीको विदेश भ्रमण अन्तिम घडीमा रद्द गरिएको हो ।

प्रधानमन्त्री प्रचण्डले आगामी बुधबार विश्वासको मत लिने तयारी गरेका छन् । फागुन २४ मा बसेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्री चौधरीको भ्रमणलाई स्वीकृति दिएको थियो ।

सोमबार र मंगलबार संयुक्त राष्ट्र संघको आयोजनामा न्युयोर्कमा हुने ‘कमिसन अन दि स्टाटस अफ वुमनको ६८ओैं सत्रमा भाग लिन मन्त्री चौधरी जाने कार्यक्रम तय भएको थियो ।

मन्त्री नजाने भएपछि उक्त कार्यक्रमका लागि मन्त्रालयका सचिव सुमनराज अर्यालको नेतृत्वको टोली न्युयोर्क प्रस्थान गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved