राष्ट्रिय सभाको बैठक बस्दै, अध्यक्षको निर्वाचनको समय तोकिने

नेपालभ्युज

राष्ट्रिय सभाको बैठक बस्दै, अध्यक्षको निर्वाचनको समय तोकिने

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

आजको बैठकमा अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची छ । राष्ट्रिय सभाका अध्यक्षको पद फागुन २० गतदेखि रिक्त छ ।

यसअघि माघ २१ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक फागुन २९ गते चुनाव गर्ने र त्यसका लागि फागुन २७ गते राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको दिन र समय तोक्ने कार्यसूची बनाएको थियो।

राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनका लागि मिति र समय पनि तोकिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

आजबस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची पनि राखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved