पार्टी बैठकमा नयाँ गठबन्धनबारे प्रचण्डले गरे तीन गम्भीर कुरा, ओली, नेपाल र यादवको छैन विश्वास

पार्टी संसदीय दलको बैठकमा प्रचण्डले आफ्नो सरकार र नयाँ सत्ता गठबन्धनबारे मुख्यत: तीनवटा गम्भीर कुरा गरेको सहभागी एक नेताले जानकारी दिए ।

नेपालभ्युज

पार्टी बैठकमा नयाँ गठबन्धनबारे प्रचण्डले गरे तीन गम्भीर कुरा, ओली, नेपाल र यादवको छैन विश्वास

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार पार्टीको बैठकमा नयाँ सत्ता समीकरणलाई लिएर केही गम्भीर कुरा गरेका छन् ।

शनिबार बसेको पार्टी संसदीय दलको बैठकमा प्रचण्डले आफ्नो सरकार र नयाँ सत्ता गठबन्धनबारे मुख्यत: तीनवटा गम्भीर कुरा गरेको सहभागी एक नेताले जानकारी दिए ।

ति नेताका अनुसार पहिलो प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा धोका दिन सक्ने सम्भावना व्यक्त गरेका छन् ।

प्रचण्डले बैठकमा भनेका छन्, ‘ओलीले पनि धोका दिन त सक्छन् तर, अहिलेसम्म जे जस्तो कुरा हामी दुईबीचमा भएको छ त्यसका आधारमा ओलीले धोका दिँदैनन् कि भन्ने चै लाग्छ । तर पनि ढुक्क हुने अवस्था भने छैन ।’

दोस्रो रास्ट्रिय स्वतन्त्र पार्टीका बारेमा प्रचण्डले बोलेका छन् । उनले भनेका छन्, ‘रविले गृह पाएकाले अहिले छोडि हाल्दैनन् कि ।’

तेस्रो प्रचण्डले माधव नेपाल र उपेन्द्र यादवका बारेमा समेत गम्भीर आशंका व्यक्त गरेका छन् । नेताहरुका अनुसार यी दुई नेताका बारेमा प्रचण्डले भनेका छन्, ‘माधव र उपेन्द्रको चै भर छैन । नजर राखिरहनु पर्छ । कांग्रेस बेस्सरी लाग्या छ । माधवलाई पिएम बनाएर जान पनि सक्छ कांग्रेस ।’

अध्यक्ष एवं प्रधानमन्त्रीबाट नयाँ गठबन्धनका सहयात्री दलबारे यस्ता कुरा सुनेपछि माओवादीका सांसदले समेत सरकारबारे ढुक्क हुने अवस्था नरहेको बताउन थालेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved