प्रधानमन्त्रीले विश्वासको मत लिँदा अनिवार्य उपस्थित हुन माओवादीद्वारा ह्वीप जारी

नेपालभ्युज

प्रधानमन्त्रीले विश्वासको मत लिँदा अनिवार्य उपस्थित हुन माओवादीद्वारा ह्वीप जारी

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले संसद्‌बाट विश्वासको मत लिँदा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको ९ औं बैठकले ह्वीप जारी गरेको संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

त्यस्तै, राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा पनि अनिवार्य उपस्थित हुन निर्देशन जारी भएको छ।

फागुन ३० गते प्रतिनिधि सभाकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन् ।

कांग्रेससँगको सत्ता सहकार्य तोडेर एमाले र रास्वपालाई सरकारमा भित्र्याएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको व्यवस्था अनुसार चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved