महाशिवरात्री पर्वका अवसरमा पशुपति क्षेत्रमा देखिएको रौनक (तस्वीरसहित)

महाशिवरात्री पर्वका अवसरमा पशुपति क्षेत्रमा देखिएको रौनक (तस्वीरसहित)

काठमाडौं । महाशिवरात्री पर्वका अवसरमा पशुपति क्षेत्रमा बिहानैदेखि भिड लागेको छ ।

पशुपति परिसर एवम् बाग्मती किनारमा गएरातिदेखि नै दर्शनार्थीको घुइँचो छ । भारतसहित विभिन्न क्षेत्रबाट आएका साधुसन्तको पनि भिड लागेको छ ।

बिहान २ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको पशुपति विकास कोषले जनाएको छ । पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आउने गरेका छन् ।

यस वर्षको महाशिरात्रिमा कम्तीमा २० लाख भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको छ । पशुपति क्षेत्रमा गाँजा, भाङ, मदिरा तथा मासु पूर्णरूपमा निषेध गरिएको छ ।

भक्तजनका लागि एम्बुलेन्स सेवा, सयौं स्वयंसेवकहरु परिचालित छन् । ४ हजार भन्दा बढी सुरक्षाकर्मी हिजैदेखि परिचालित छन् । आपतकालिन स्वास्थ्य सेवाका लागि ७० वटा स्वास्थ्य शिविर स्थापना गरिएको छ ।

हेर्नुहोस् तस्वीर


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved